5 years ago
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) दुवईका नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले संयुक्त अरब इमिरेट्स (युएईं) मा आयोजना भएको पुरुष डबल्स ब्याडिमिन्टनमा उपाधि जितेका छन् ।

सी क्याटगोरीमा नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले भारतीय खेलाडी अनिल पी र पाउलको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जित्न सफल भएका हुन् ।
यही क्याटगोरीमा प्रमित उदय र दिपेश श्रेष्ठको जोडीले सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएका थिए । यो नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) दुवईको लागि ठुलो सफलता हो ।कसमस स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ‘सी र ‘सी’ प्लस लेभलको पुरुष डबल्स विधामा एनबिसीबाट तीन जोडीले सहभागिता जनाएका थिए ।

सी क्याटगोरीमा नर बहादुर छन्त्याल र अनिल जोशीको जोडी र प्रमित उदय र दिपेश श्रेष्ठको जोडीले प्रतिस्पर्ध गर्दा सी प्लसमा हिरालाल श्रेष्ठ र रमेश सार्कीको जोडीले प्रतिस्पर्धा गरेका थिए ।
सी प्लसमा हिरालाल श्रेष्ठ र रमेश सार्कीको जोडी पहिलो चरणबाटै बाहिरिएपनि मन जित्ने खेल पस्केका थिए । एनबीसीबाट प्रतिनिधित्व गरेका सबै जोडीले राम्रो खेल पस्केका थिए ।
पछिल्लो समय दुवईमा एनबीसीले विभिन्न तहमा खेलाडीको खेलस्तर मापनको लागि विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै प्रतियोगिताको समेत आयोजना गर्दै आइरहेको छ ।
एनबीसीले नेपाली मूलका हरेक व्यक्तिलाई खेलकुदमार्फत भाइचारा र जीवन स्वस्थसँगै भावी पिढीलाई प्रेरणा दिने कार्य गरिहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]