5 years ago
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले पदक जितेका छन् ।

ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले समान २ पदक जित्दा राजु र प्रेमकुमारले १/१ पदक जितेका हुन् ।
सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीबले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोट्र्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन् । डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेकी थिइन् ।

यसै उमेरसमूूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन् । स्पोट्र्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन् । यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन् ।
सन्जीब नेपालीले भने स्पोट्र्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए । उनले स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिस्टि मघिरासँगपछि पर्दा दोस्रोमा खुम्चिए । मघिराले ५.९० अंक र सन्जीबले ५.८६ अंक ल्याएका थिए ।
त्यसैगरी नेपालका राजुु नगरकोटीले ५० वर्षमुनि स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कांस्य पदकमै सीमित भए । यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्रयु एसिसले ६.१० अंक र राजुले ५.४० अंक ल्याएका थिए ।
प्रेमकुमारले भने ५.१०० अंक ल्याए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
राजुले गत काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्प्यिनसिपको ५० वर्षमाथिको समूहमा कास्य पदक जितेका थिए । पाँचौं डानका राजुले यसअघि पनि पटक पटक विभिन्न प्रतियोगितामा भाग लिदै र सफलता प्राप्त गर्दै आएका छन् ।
साउनमा अमेरिकाका फ्लोरिडामा भएको २०२० फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन पुम्से च्याम्पियनसिपको ४१ देखि ५० उमेर समूहमा स्वर्ण पदक विजेताका थिए ।
नेपालमा रहँदा त्रिभुवन आर्मी क्लबबाट खेलेका नुवाकोटका राजु स्वर्गिय मानबहादुर तामाङबाट प्रशिक्षण लिएका थिए । तामाङले सन् १९८८ भएको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]