5 years ago
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् ।

लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा तेक्वान्दोको लेबल–२ कोर्स पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक पनि हुन् ।
यसअघि लामाले गत असोजमा सञ्चालन भएको लेबल–१ परीक्षामा सफलता हात पारेका थिए । लेबल–१ कोर्स लामासँगै आयशा शाक्य र विकेश बिडारीले पनि पूरा गरेका थिए । लेबल–२ कोर्समा सहभागी हुन विश्व तेक्वान्दोले जारी गरेको गाल लाइसेन्स, राष्ट्रिय प्रशिक्षकमा कम्तीमा एक वर्षको अनुभव र वल्र्ड तेक्वान्दोको आयोजनामा भएको कुनै एक प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको प्रावधान रहेका कारण नेपालबाट कविराज नेगी लामा मात्र सहभागी भएका हुन् ।

लेबल–२ कोर्समा एसियाका १८ राष्ट्रका प्रशिक्षकहरु सहभागी भएका थिए । तीन दिने अनलाइन कोर्समा पारा तेक्वान्दोका विभिन्न विषयमा वल्र्ड तेक्वान्दो फेडरेसनअन्तर्गत पारा कमिटीका उस्मान दिल्दार, चकिर चेल्बाट र नादेज्दा पेट्रोभाले प्रशिक्षण दिएका थिए ।
सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उतीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन् । वल्र्ड तेक्वान्दो फेडरेसनको नयाँ नियम अनुसार हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकमा सहभागी हुन अनिवार्य रुपमा अन्तर्राष्ट्रिय पारा कोर्स उतीर्ण हुनुपर्ने प्रावधान छ ।
जस अनुसार वल्र्ड तेक्वान्दोको स्वीकृतीमा हुने जी–१ र जी–२ जस्ता क्षेत्रीय स्तरका प्रतियोगिताका लागि लेबल–१, एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताका लागि लेबल–२ र वल्र्ड च्याम्पियनसिप तथा पारा ओलम्पिकका लागि लेबल–३ गरेको हुनुपर्नेछ । वल्र्ड तेक्वान्दोले यो नियम सन् २०२१ देखि लागु गरिने जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]