default_image

5 years ago

December 21, 2020

कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई चार स्वर्ण

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पारेको छ ।

मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जितेका हुन् । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनाएका छन् ।

महिला यु–१३ मा सविना तामाङले रजत जितिन् । मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन् । नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु–१० कुमुते मा स्वर्ण जिते । सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए ।

जमन केहि वर्षएता दक्षिण कोरियामा बस्दै आएका छन् । एसकेडियुएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.