default_image

5 years ago

December 23, 2020

पारा तेक्वान्दोका खेलाडीलाई खेल पोशाक

344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको संयोजनमा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको राष्ट्रिय टोलीका खेलाडीलाई ट्रयाकसुटसहित अन्य सामाग्री प्रदान गरेको छ ।

आठौं र नवौं सागकी स्वर्ण पदक विजेता ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनको संयोजनमा खेलाडीलाई ट्रयाकसुट, ब्याग, जुत्ता र ब्याग प्रदान गरिएको थियो ।

नेपाल कांग्रेसका खेलकुद विभाग संयोजक समेत रहेका पूर्व मन्त्री मोहन बस्नेत, विभागका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणालगायतले सातदोबाटोस्थित तेक्वान्दो हलमा सामाग्री हस्तान्तरण गरे । खेलपोशाक पाउनेमा १३ खेलाडी र १ प्रशिक्षक छन् । झन्डै २ लाख रुपैयाँ बराबरीको सामान रहेको बताइएको छ ।

सामाग्री प्राप्त गर्ने खेलाडीमा रामबहादुर अधिकारी, सीता भण्डारी, रोहितहाङ राई, रञ्जना धामी, पलेशा गोवद्र्धन, दीपेश महत, विक्रम श्रेष्ठ, सुवासचन्द्र राई, सिर्जना घिसिङ, विदिता खनाल, विशाल गर्बुजा, पासाङ छिरिङ शेर्पा र लोकराज शाही रहेका छन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

खेलाडीलाई सहयोग गर्न बज्र सेक्यरिटीले ट्रयाक, गोदावरी नगरपालिकाले जुत्ता, करातेका पूर्व खेलाडी विनोद महर्जन र उमेश मल्ले टिसर्ट र स्तम्भ बहुउेश्यीय सरकारले ब्याग सहयोग गरेको यिथो ।

पूर्व मन्त्री बस्नेतले खेलकुद सरकारको प्राथमिकतामा पर्न नसकेको औल्याउँदै खेलाडीको हक हितका लागि खेलकुद विभाग सधै साथमा रहने वचन दिए । बस्नेतले तेक्वान्दो खेलाडीले ओलम्पिकमा जुनसुकै पदक जितेपनि ५ लाख रुपैयाँसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।

‘अबको ओलम्पिकमा तेक्वान्दो खेलाडीले जुनसकै पदक हासिल गरेपनि विभागले खेलाडीलाई ५ लाख रुपैयाँसहितसम्मान गर्छ । स्वर्ण नै जिते पुरस्कार राशी बृद्धिका लागि अझ सोच्छौं ’– प्रमुख बस्नेतले भने ।

कांग्रेसका खेलकुद विभागमा सचिव महर्जनले नेपाली खेलकुदको सबैभन्दा सफल मार्सल आर्ट्समा तेक्वान्दो र त्यसपछि तेक्वान्दो रहेको बताएका थिए । उनले संगिना वैद्य र दीपक विष्ट जस्तो खेलाडी भविष्यमा आउन कठीन रहेको भन्दै उनीहरुको खेल जीवनको तारिफ गरेका थिए ।

संगिना र दीपक विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी हुन् । सागमा लगातार ४ स्वर्ण जितेका दीपकले एसियाली खेलकुदमा दुई कास्य पदक जितेका थिए । संगिना तेक्वान्दोकी पूर्व एसियन च्याम्पियन हुन् । कार्यक्रममा तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले आफ्ना खेलाडीलाई सहयोग गर्ने प्रति धन्यवाद ज्ञापन गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.