5 years ago
December 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुने छ ।
प्रतियोगितालाई सैलुङ नगरपालिकाले मुख्य प्रायोजन गर्ने प्रमुख मोक्तानले जानकारी दिए । सहभागिताका लागि इच्छुकले जनवरी ४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । सहभागीले जनवरी ५ देखि ६ तारिखसम्म बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने छ ।
‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न पाँच अन्तर्राष्ट्रिय निर्णायक चयन गरिएको छ । अन्तर्राष्ट्रिय निर्णायकहरुमा नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गी रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]