असोज ७, काठमाडौं
स्टेप फर मायल्सले असोज ८ गते ‘काठमाडौं इको राईड’ साइकल र्याली गर्ने भएको छ । वातावरण संरक्षण, जैविक तथा धार्मिक पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको स्टेप फर मायल्सले विश्व शान्ति तथा पर्यटन दिवस अवसरमा यस कार्यक्रम आजोजना गर्न लागेको हो ।
हरेक वर्ष आयोजना हुने यो कार्यक्रम छैटौं संकरण हो । शनिबार विहान ६ः३० बजे पाटनको दरबार स्क्वायरबाट शुरु हुने र्याली शंखमुल, बाग्मती किनार, तीनकुने, सिनामंगल, गौशाला, चावहिल, गणेशस्थान, कालोपुल, ज्ञानेश्वर, मैतिदेबी हुँदै दिल्लीबजारमा समापन हुनेछ ।
राजधानीमा बढ्दो प्रदुषण र अब्यवस्थित घना वस्तीका कारण उत्पन्न प्रर्दूषणका कारण शहरलाइ पुनःहरित स्वच्छ, शान्त बनाउने सन्देश प्रवाह गर्नका लािग कायक्रमको अजोजना गरिएको संस्थाका अध्यक्ष रुपक खड्काले बताए विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘एक सचेत नागरिकको हिसाबले म शहरलाइ माया गर्छु र प्रदुषण मुक्त बनाउन योगदान गर्छु भन्ने उद्धेश्यका साथ यो कार्यक्रमको आवश्यकता महसुस गरेका हौं,’ स्टेप फर मायल्सका अध्यक्ष खड्काले भने, ‘यहाँ मास्क लगाएर हिडेर मात्र समस्याबाट बच्न सकिन्न । त्यसको लागि मानिसको चेतना र कर्ममा परिबर्र्तनमा आउन जरुरी छ ।’
यस बर्षको साइकल र्यारलीमा नेपालका विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तिलगायत विदेशी नागरिक गरि २०० भन्दा बढी साइकलयात्रीहरु सहभागी हुने खड्काले बताए ।