5 years ago
December 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी सुमन तिमल्सिना सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रालि ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

त्यसवापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने छ । दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।
प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसँग जोडिन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा पनि खेल क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने चाहना रहेको बताए । ‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता पाएका छन् ।
थुप्रै खेलाडीले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको हामीले सुनेका छौं । हाम्रो यो कदमले थारै भएपनि खेलाडीलाई राहत मिल्ने छ भन्ने विश्वास छ । त्यसैले हामीले उहाँ (सुमन) बाट सुरुआत गरेका हौं ।’ प्रबन्ध निर्देशक गुरुङले भने
‘आगामी दिनमा अन्य खेलाडीलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने छौं । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रमुख माध्यम खेल क्षेत्रसंग जोडिन पाउँदा असाध्यै खुशी लागेको छ ।’
उनले अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय हवाइ टिकटमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरे । सुमनले ब्रान्ड एम्बसडरमा नियुक्त गरेकोमा सागालाई धन्यवाद दिदै सागाको प्रवद्र्धनमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय जज समेत रहेका सुमनले खेलाडीका रुपमा विभिन्न देशमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । त्यसमा उनले बंगालादेश र श्रीलंकामा भएको प्रतियोगितामा स्वर्ण तथा मलेसियामा भएको प्रतियोगितामा कांस्य जितेका छन् ।
उनले १३ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनले क्यानाडामा भएको चौथो विश्व मार्सल आर्ट्स सम्मेलनमा पनि सहभागिता जनाएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]