5 years ago
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको पिपल्स च्वाइसको मनोनयनमा परेका करातेका मन्देकाजी श्रेष्ठलाई जिताउन ललितपुरको लगनखेलमा रहेको लगनखेल डोजोले सहयोग गरेको छ ।

डोजोले खेलाडी, प्रशिक्षक र समर्थकबाट उठेको रकम शनिबार एक कार्यक्रमका बीच मन्देकाजीलाई हस्तान्तरण गरे । मनोनयनमा परेका खेलाडीहरुले आफुलाई भोट गरेर जिताउनका लागि अपिल गरेका छन् ।
यस वर्षको पिपल्स च्वाइसको मनोनयनमा करातेका मन्देकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठ मनोनयमा परेकी छन् ।

ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ । त्यस्तै फेसबुक लाइकको २५ प्रतिशत तथा खेलकुद पत्रकार र मुख्य प्रशिक्षकको भोटको मतभार समान साढे १२ प्रतिशत रहने छ ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]