5 years ago
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – क्यान्सर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले जम्मा २२ हजार २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको कार्यसमितिका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
कार्यसमितिका अध्यक्ष खड्काले ५ हजार, सचिव कुमार लामा घिसिङ, सह–सचिव राजेन्द्र पुजारी, कोषाध्यक्ष बब्लु सिवाकोटी, सदस्यद्वय सारदा धिताल र अनुभव थापाले समान १–१ हजार तथा सह–सचिव गणेश तामाङ र सदस्य मनोजकुमार शाहले समान ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
कार्यसमितिका पदाधिकारीले पीडितलाई उनको गोंगबुस्थित निवासमा गइ आर्थिक सहयोग उपलब्ध गराएका थिए । पीडितको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]