default_image

9 years ago

September 27, 2016

पारसले ९९रन बनाउँदा वारियर्सको जित

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले ९९रन बनाएपछि विशाल वारियर्सले टियु मैदानमा जारी एभरेष्ट प्रिमियर लिगमा २५ रनको जित दर्ता गरेको छ।

खेलमा पहिलो ब्याटिङ्ग गरेको विशाल वारियर्सले निर्धारित २० ओभरमा १७४ रनको योगफल तयार पारेको थियो। कप्तान पारसले ४५ बलमा ९९ रन बनाएपछि वारियर्सले दरिलो योगफल तयार पारेको हो। पारस रुपेश श्रीवास्तबको बलमा लङ्ग अन बाउन्ड्रीमा समातिए।

१७५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको सगरमाथा लेजेण्ड्सको लागि ओपनर सुनिल धमलाले राम्रो पारी खेल्दै ८५रन बनाए ।

पहिलो खेलमा पन्चकन्या तेजले कलर्स एक्स-फ्याक्टर्सलाई हराउदै प्रतियोगितामा दोस्रो जित हात पार्यो । कप्तान शरद भेस्वाकरको अल राउन्ड पारीमा ३४ रनको जित दर्ता गर्न सफल रह्यो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.