5 years ago
January 16, 2021
सिरहा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपले सनसनीपुर्ण प्रदर्शन गर्दै सिरहामा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनलमा एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मच्चाएको महर्जनको जोडीले सेमिफाइनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथि १८–२१, २१–१५ र २१–१३ को सेटमा जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
अब यि जोडीले उपाधिका लागि सेनाकै रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङका सुदीप सेंढाईको जोडीमाथि २१–१० र २१–१६ को जित निकालेको हो ।

शीर्ष १६ वरीयता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर फाइनलमा भिड्नेछन् । देवराजले सेनाका डेभिड थापामगरलाई २४–२२ र २१–१८ को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाए । शंकरले एपिएफका भेट्रान खेलाडी ईन्द्र बहादुर महतालाई २१–६ र २१–१२ को सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरे ।
यस्तै महिलाको शीर्ष १२ वरीयता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवाले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१–१२, २०–२२ र २१–१९ को सेटमा पाखा लगाईन् । अब देउवाले उपाधिका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । अन्जनाले एपिएफकी प्रक्षा राईलाई २१–१३ र २१–११ ले पराजित गरिन् ।
ब्वाईज यु–१७ एकलमा सेनाका भोज बहादुर गुरुङ र आयुष्मान नागरी फाइनलमा भिड्नेछन् । भोजले पाँचथरका एशिया जवेगुलाई २१–१४, १४–२१ र २१–१४ले तथा आयुष्मानले १७–२१, २१–१९ र २१–१७ ले पराजित गरे ।
गल्स यु–१७ मा राष्टिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१–३ र २१–१ को एकपक्षीय जित निकाल्दै फाइनलमा स्थान बनाइन् । रशिलाले उपाधीका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्नेछिन् । रोजले कैलालीकी प्राथना देउवालाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरिन् ।
यस्तै भेट्रान्स डबल्समा राष्ट्रिय खेलकुद (राखेप) को सदस्यसमेत रहेका सुभास श्रेष्ठ र पुर्व राष्ट्रिय खेलाडी बाँकेका अनिल लाखेको जोडी फाइनलमा प्रवेश गरेका छन् । यो जोडीले पाल्पाका बसन्त लाल बज्राचार्य र महेशमान बज्राचार्यको जोडीलाई २१–१५ र २१–१७ को सोझो सेटमा हराए ।
यो जोडीले अब उपाधिका लागि आइतबार पोखराका शोभाकर भण्डारी र नविन पराजुलीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । सुभास भेट्रान्स डबल्सको राष्ट्रिय च्याम्पियन हुन् । उनी करिव तीन वर्षपछि कोर्टमा प्रवेश गरेका हुन् । उनको जोडी अनिल लाखे साग गेम्सका कास्यपदक विजेता सदस्य हुन् । उनी करिव १२ वर्षपछि कोर्टमा फर्किएका हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]