default_image

5 years ago

January 21, 2021

जितबहादुर पुरस्कृत

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरिएको छ ।

२८ देखि ३० डिसेम्बरसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा खेलकुद मन्त्री दावा तामाङले जितलाई प्रशंसा पत्रसहित १ सय ५० अमेरिकी डलर एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको छ । मन्त्री तामाङले लामालाई प्रशंसा पत्रसहित १ सय अमेरिकी डलर प्रदान गरे ।

त्यस्तै आईओएफटीसी हेल्प डेस्क टिम नेपाललाई पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मान गरियो । संयोजक रामचन्द्र ब्याञ्जनकार तथा सदस्यहरु रजिन सिंह, निरोज गौतम, अर्जुन महर्जन र नमिका मोक्तान सम्मानित भए । अनुशासित टिम नेपाल प्रहरीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

आईओएफटीसीको २०औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बनेको थियो । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्यसहित उपविजेता भएको थियो । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

कोभिड– १९ ले गर्दा आईओएफटीसीले अनलाइन प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्कणको अनलाइन प्रतियोगिता गत जुनमा भएको थियो । गत मे पहिलो साता अमेरिकाको मिचिगनमा आईओएफटीसीको १३औं संस्करण हुने तालिका थियो ।

यसअघि सम्पन्न १२ संस्करण मध्ये ५ संस्करण अमेरिका र ४ संस्करण नेपालमा भएको थियो । बाँकी १–१ संस्करण हङकङ, भारत र लन्डनमा भएका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.