default_image

5 years ago

January 25, 2021

‘ए’ डिभिजन लिग फुटसल पोखरामा हुने

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा फुटसल कमिटिले फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा गर्ने निर्णय गरेको छ ।

futsal
फाइल तस्विर

फुटसल कमिटिली सोमबार फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा बैशाख २५ देखि जेठ १५ सम्म सञ्चालन गर्ने जानकारी गराएको छ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने फुटसल लिग कमिटिले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ टोली, प्रदेश १ र गण्डकी प्रदेशबाट समान २–२, प्रदेश २ बाट एक टोली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट संयुक्त एक टिम हुनेछ ।

लिगका लागि प्रदेश १ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश २ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ । बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ । गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म हुनेछ ।

लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्ध क्लबहरुले सहभागिता जनाउन पाउनेछन्। लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् ।

यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.