default_image

5 years ago

January 26, 2021

नेपाल ओपनमा पार्वतीलाई स्वर्ण

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पर्वाती गुरुङले प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिताको पहिलो दिन महिला पुम्सेको १८–३० वर्षमा स्वर्ण जितेकी छन् ।

पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए । सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम अल्होई ७.६५ अंकसाथ पहिलो भए । मकाउका तोङ हाउ पान दोश्रो तथा मकाउकै लि झी पेङ र नेपालका १३औं सागका कांस्य विजेता जितबहादुर बोट तेश्रो बने ।

महिला पुम्सेको ४० वर्षमुनि मकाउकी जुस्तिना लेइले शीर्ष स्थान कब्जा गरिन् । जुस्तिनाले ७.५० अंक जोडिन् । १३ औं सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य ६.८५ अंकसाथ दोश्रो स्थानमा सीमित भइन् । इरानकी महबौबेह हसनी र नेपालकी रेखमाया गुरुङले तेश्रो स्थानमा चित्त बुझाए ।

महिला पुम्सेको ५० वर्षमुनि भेनेन्जुएलाकी जेनिफर गार्सिया पहिलो भइन् । जेनिफरले ६.९६ अंक प्राप्त गरिन् । इरानकी जेनियब नाजेर दोश्रो तथा नेपालकी विमला भण्डारी तेश्रो स्थानमा रहे

पुम्सेकै पुरुष ६० वर्षमुनि इरानका युसोफ (७.१३ अंक) तथा महिला ६० वर्षमुनि इरानकै सयेद जाहरा (६.३३ अंक) ले स्वर्ण जिते ।

प्रतियोगितामा पुम्से, हाइ स्पिड किक र पारा तेक्वान्दोमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । पुम्मेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् ।

प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट पुरुष÷महिला खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । मोस्ट पपुलर प्लेयर खेलाडीलाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.