default_image

5 years ago

January 27, 2021

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ ।

बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

कलिलो उमेरदेखि ब्याडमिन्टन ¥याकेटमार्फत बिश्व ब्याडमिन्टन महासंघको यु–१९ तर्फको बरियतामा तेश्रो नम्बरमा उक्लन सफल भई राष्ट्र, ब्याडमिन्टन खेल, संघ र खेल क्षेत्रको उच्च सान र मान राख्न सफल भएकोमा त्यसको कदर स्वरुप कदरपत्रद्वारा सम्मान गरिएको हो ।

सोही क्रममा ब्याडमिन्टन खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज नेपालको तर्फबाट प्रोपाईटर राजु बास्तोलाले ब्याडमिन्टन ¥याकेट सहित खेल सामाग्री प्रदान गरे ।

सदस्यसचिव सिलवालले प्रिन्सलाई सम्मान गरेपछि राखेप सदस्यसचिव सिलवालले एसइइ उत्तिर्ण गरेपछि गोल्डेनगेट कलेजमा पुर्ण छात्रवृत्तिमा पढाइदिने घोषणा गरेका छन् । उनले यसका लागि विभिन्न ¥याङकिङ प्रतियोगिताहरुमा सहभागिताका लागि परिषद्बाट सक्दो सहयोग गर्ने बताए । यस्तै सिलवालले प्रिन्सका मामा कमलेश निरौलालाई प्रिन्सको ब्यवस्थापन कार्यका लागि धन्यबाद प्रदान गरे ।

यस्तै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठले नेपालका उदियमान खेलाडीलाई आजको अवस्थामा आईपुग्नका लागि नेपाल ब्याडमिन्टन संघले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको पहल सहित सहयोग गरेको बताए ।

प्रिन्स दाहाल आजको अवस्थामा आई पुग्न परिवार र बिषेशत उनका मामा कमलेस निरौलको निकैनै सहयोग रहेको भन्दै उहाँहरुलाई धन्यवाद प्रदान गर्नुका साथै परिवारको सहयोग विना कुनै पनि खेलाडी अगाडी बढ्न नसक्ने बताए ।

एकेडेमीका अध्यक्ष पाठकले ब्याडमिन्टन खेलको विकास र विस्तारको उद्धेश्यका साथ विगत ५ बर्ष देखि एकेडेमी संचालन गर्दै विभिन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै प्न्सि दाहाल मात्र नभई रत्नजित तामाङ्ग लगायत विभिन्न खेलाडीहरुलाई सम्मान गर्दै आईरहेको बताए ।

कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, अन्तराष्ट्रिय निर्णायक एवं काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, अन्तराष्ट्रिय निर्णायकद्वय किरण काजरञ्जित, उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन लगायत ब्याडमिन्टन खेल प्रेमीहरुको उपस्थिती रहेको थियो ।

उनले मसिंरमा सिन्धुपाल्चोकमा भएको तेस्रो सागाचोक गढी मेयर कप तथा प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता र सिरहाको गोलबजारमा पुस र माघमा भएको १०औं पुष्पला स्मृति ब्याडमिन्टन प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीलाई पराजित गर्दै उपाधि जितेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.