default_image

5 years ago

January 27, 2021

नेपाल ओपनमा कमललाई स्वर्ण

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे । नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए । पुरुष ग्रिन वेल्टमा नेपालका प्रद्युट दिवान, पुरुष रेड वेल्टमामा मेक्सिकोका डिएगो मेनेसेस, पुरुष यल्लो वेल्टमा पाकिस्तानका मक्बुल र महिला यल्लो वेल्टमा अमेरिकाकी जियानिया थापाले स्वर्ण जिते ।

पिविको ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका युनिक प्रधान र महिलामा अमेरिकाकी जोसुवा र ब्लु वेल्टको पुरुषमा थाइल्यान्डका अनुचित चानपेट पहिलो भए । ग्रिन वेल्टको पुरुषमा नेपालका रोदन राई पहिलो, आरुस राई दोश्रो र सुविन क्षेत्री तेश्रो बने ।

पुरुष यल्लो वेल्टको शीर्ष तीन स्थानमा नेपाली खेलाडीले कब्जा गरे । एरिक राणा पहिलो, अस्विन कार्की दोश्रो तथा अनिश श्रेष्ठ र जोन राना मगर तेश्रो भए ।

सब जुनियरको यल्लो वेल्टतर्फ पुरुषमा थाइल्यान्डका रमोन सैकु र महिलामा थाइल्यान्डकी फाथारापोर्न, ब्ल्याक वेल्टतर्फ पुरुषमा मलेसिया असिरफ रइड र महिलामा मकाउकी चाउ यु चेङ, ब्लु वेल्टतर्फ पुरुषमा इन्डोनेसियाका राफाइल अरादित्या र महिलामा मकाउकी वि होइ चेङ, ग्रिन वेल्टतर्फ पुरुषमा इन्डोनेसियाका हफिस ररिद र महिलामा सोही राष्ट्रकी नाउरा नदिफा तथा रेड वेल्टतर्फ पुरुषमा मकाउका चाङ र महिलामा इन्डोनेसियाकी आङगेरिका फ्रित्जीले पहिलो स्थान हात पारे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.