5 years ago
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् ।

कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो । उक्त विधाको विजेताको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिएको थियो ।
इदिताले सहभागी मध्ये सर्वाधिक १० हजार ९ सय २० भ्युज पाइन् । इदिताले पुरस्कार वापत १ सय ५० अमेरिकी डलर प्राप्त गरिन् । इदितालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले नगद पुरस्कार हस्तान्तरण गरेको आयोजकले जनाएको छ ।
नगद पुरस्कारको प्रायोजक पनि गुरुङ नै हुन् । इदिता फिलिपिन्सको भएपनि केहि वर्षएता हङकङमै बस्दै आएकी छन् । इदिता युनिटीमै प्रशिक्षणरत छिन् ।
कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालित उक्त प्रतियोगितामा फिलिपिन्सकै चन्दा रोमेरिया (९११६ भ्युज) दोश्रो, फिलिपिन्सकी आइरिल भर्जोला (४८७८ भ्युज) तेश्रो तथा अमेरिकाकी जियाना थापा (४४५२ भ्युज) चौथो भए । प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले पुम्सेतर्फ ६० र हाइ स्पिडतर्फ ३० गरी ९० स्पर्धामा सहभागिता जनाएका थिए । पाराको पनि छुट्टै प्रतिस्पर्धा गराइएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]