5 years ago
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदीभाई रत्नजित तामाङ र नङ्सलदेवी तामाङ राष्ट्रिय खेलाडीको नयाँ वरीयतामा शीर्षस्थानमा यथावत रहेका छन् ।

नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार रत्नजित पुरुष एकलमा तथा नङ्सल महिला एकलको शीर्षस्थानमा यथावत रहेका हुन् ।
वरीयताको शीर्षस्थानमा रहेको नेपाली सेनाका रत्नजितको २५३४५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको एपिएफका दिपेश धामीको २२३२० अंक रहेको छ । तेस्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठको १७४६५ अंक तथा चौथो स्थानमा रहेको साजनकृष्ण ताम्राकारको १५८३० अंक रहेको छ । पाँचौ स्थानमा रहेको बिष्णु कटुवालको १४०२५ अंक रहेको छ ।
छैटौंमा सुदिप सेढाई, सातौमा दीपक बोहोरा, आठौंमा नवीन श्रेष्ठ र नवौंमा युवा स्टार प्रिन्स दाहाल रहेका छन् । बिजित थापामगर १०औं स्थानमा अटाएको छ । ११औं स्थानमा प्रफुल महर्जन, १२औंमा जीवन आचार्य, १३औंमा गौतम कठायत, १४औंमा रुकेश महर्जन र १५औं स्थानमा सुनिल जोशी रहेका छन् । यस्तै १६औं स्थानमा इरफान अन्सारी, १७औंमा सुमन लिम्बु, १८औंमा विवेक श्रेष्ठ, १९औं मा पविन लिङ्थेप र २०औंमा बिलाल वार्सी रहेका छन् ।
महिला एकलमा सेनाकी नङ्सलदेवी तामाङले १६४७० अंक जोडेर शीर्षस्थानमा यथावत रहेकी छन् । सेनाकै अमिता गिरी दोस्रो स्थानमा रहँदा सेनाकै अनुमाया राई र रसिला महर्जन शीर्ष पाँचमा रहेका छन् ।
एपिएफकी जेसिका गुरुङ, शोभा गौचन, सुनैना मुखिया, भोजपुरकी सीता राई, बाँकेकी सम्झना शर्मा र मोरङकी सीमा राजवंशी शीर्ष १० भित्र अटाएकी छन् । यस्तै नीता लम्साल, रन्जना भाट, मनिषा खड्का, तारा आले, सुलोचना भक्तराज, साफी खत्री, प्राथना देउवा, स्मृति राई, रोज पाण्डे र गंगा विष्ट शीर्ष २० मा अटाएकी छन् ।
यु–१७ ब्वाइजमा कैलालीका अमृत चौधरी शीर्षस्थानमा रहेका छन् । भोज बहादुर गुरुङ, नरेन्द्र बम, रोहित बराल र हिमाल चन्द शीर्ष पाँचभित्र रहेका छन् । सुरज गुप्ता, अनिष खतिवडा, जेवी साउद, सफिक इद्रिस, हिमांसु कुँवर, प्रकाश चन्द, एसिया जवेगु, डेभिड थापामगर, बिवेक चौधरी, सत्यम सुब्बा, सन्जीव भण्डारी, सुधन तामाङ, उज्वल पोखरेल, सफल थापा र क्षितिज केसी शीर्ष २० भित्र रहेका छन् ।
यु–१७ गल्समा रशिला महर्जन, रोज पाण्डे, रन्जना भाट, अन्जना राई र एरिना तिलुवा शीर्ष पाँचमा रहेका छन् । प्रार्थन देउवा, स्मृपत राई, विष्णा बिस्ट, करिश्मा बज्राचार्य, अनुष न्यौपाने, शम्भवी पालक, विद्या खड्का, निता लम्साल, काजल बर्मा, पुष्पा शाही, सामना भट्टराई, अमिता सुनार, एलिना श्रेष्ठ, दिया शाक्य र डोमिना केसी शीर्ष २० मा रहेका छन् ।
पुरुष डबल्समा दिपेश धामी र बिजित थापामगरको जोडी शीर्षस्थानमा यथावत रहँदा रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी दोस्रो स्थानमा रहेका छन् । सुरोज महर्जन र प्रफुल महर्जनको जोडी तेस्रो, साजन कृष्ण ताम्राकार र सुदिप सेढाईको जोडी चौथो तथा इरफान अन्सारी र रियाज अन्सारीको जोर्डी शीर्ष पाँचौ वरीयतामा रहेका छन् ।
महिला डबल्समा पुजा श्रेष्ठ र जेसिका गुरुङको जोडी शीर्ष वरीयतामा यथावत छन् । नङ्सलदेवी र अनुमाया राईको जोडी दोस्रो वरीयतामा रहेका छन् । अमिता गिरी र रशिला महर्जनको जोडी तेस्रो, जेसिका गुरुङ र सुनैना मुखियाको जोडी चौथो तथा ज्योति लिम्बु र डिना पुनको जोडी शीर्ष पाँचौ वरीयतामा रहेका छन् ।
मिक्स डबल्समा दिपेश धामी र पुजा श्रेष्ठ शीर्ष वरीयतामा यथावत रहँदा विजित थापा मगर र शोभा गौचनको जोडी दोस्रोमा रहेका छन् । सुरोज महर्जन र अमिता गिरीको जोडी तेस्रो तथा रत्नजित र नङ्सलदेवीको जोडी चौथो स्थानमा रहँदा बिकास श्रेष्ठ र सीता राईको जोडी पाँचौ वरीयतमामा रहेका छन् ।
संघले राष्ट्रिय प्रतियोगिता तथा ब्याडमिन्टन संघले मान्यता दिएको ‘क’ श्रेणीको प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको वरीयता निर्धारण गर्दै आएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]