5 years ago
February 6, 2021
नुवाकोट (हाम्रो खेलकुद) – तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् ।

त्यसैगरी प्रशिक्षक तर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेका छन् ।
दोस्रो युयुएनटीएफका विजेता पाँचै जना खेलाडीहरुले नगद रु ३० हजार तथा प्रशिक्षकले २० हजार रुपैंया सहित सम्मान पत्र प्राप्त गरे। विश्वभर छरिएर रहेका तेक्वान्दो खेलाडीहरुको संगठन युयुएनटिफले गतवर्ष बाट अवार्डको शुरुवात गरेको हो। यसको पहिलो संस्करण दुईवर्ष अगाडि बुटवलमा भएको थियो ।
अवार्ड कार्यक्रममा युयुएनटिएफ अवार्ड अलावा १३औं सागमा पदक जित्ने सम्पूर्ण खेलाडी र प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । जसमा १२ स्वर्ण जित्ने १८ जना खेलाडीहरुलाई २५ हजार, रजत जित्ने ६ जनालाई १५ हजार र ११ काश्य पदक जित्ने १७ जना खेलाडीलाई १० हजार रुपैंया प्रदान गरिएको थियो । त्यसैगरी ७ प्रशिक्षक र २ व्यवस्थापलाई नगद ५ हजार प्रदान गरिएको थियो ।
सोही अवसरमा नुवाकोट जिल्लाबाट १३औं सागमा पदक जित्ने १० जना खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो । त्यसमा स्वर्ण पदक जित्ने करातेकी अनु अधिकारी, साइक्लिङकी लक्ष्मी मगर बुद्धि बहादुर तामाङ, फुटबलका अभिषेक रिजालले नगद रु २५ हजार प्राप्त गरे ।
रजत जित्ने तेक्वान्दोका कृष्ण बहादुर तामाङ, उसुका मिन ग्लान, फेन्सिङकी अन्जु तामाङ, जुडोका सञ्जित डंगोल, भारोत्तोलनकी अस्मिता राई, तेक्वान्दोक कृष्ण बहादुर तामाङले नगद १५ हजार प्राप्त गरे। त्यसैगरी काश्य पदक जित्ने तेक्वान्दोका रेजिन रिजाल, जुडोका सुनिल नगरकोटी र करातेका राजीव पुडासैनीले १० हजार रुपैंया प्राप्त गरे ।
सोही अवसरमा नेपाली खेलकुदको विकासमा टेवा पु¥याउने १० जना विशेष ब्यक्तित्वहरुलाई ‘नुवाकोट सम्मान’बाट सम्मानित गरिएको थियो । पुरस्कार वितरणमा ९ लाख ८५ हजार रुपैंया खर्च भएको थियो।
खेलाडीहरुलाई नुवाकोट तेक्वान्दो संघका संरक्षक सुमन पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य इन्दिरा निरौला, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, नुवाकोट तेक्वान्दो संघका अध्यक्ष सुमन अधिकारी लगायतका अतिथिहरुले सम्मानपत्र वितरण गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]