5 years ago
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर स्वर्ण जितेकी थिइन् ।
पुरुष सिंगल्समा नेपालका निसान श्रेष्ठ, निहालजंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीसंग पराजय भोगे । महिला सिंगल्समा नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ–आफ्नो खेल गुमाए ।
यु–१८ उमेरसमूहको प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् ।
प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]