default_image

3 years ago

February 12, 2021

फाइनल पुग्न डायमन्ड र एपिएफ भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल पुग्न राउन्ड रोविन लिगको अन्तिम खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुदैछ । डायमन्ड अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनल पुग्ने दाउमा हनेछ । डायमन्डले दुई […]

31 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल पुग्न राउन्ड रोविन लिगको अन्तिम खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुदैछ । डायमन्ड अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनल पुग्ने दाउमा हनेछ । डायमन्डले दुई खेलबाट ५ अंक जोडेको छ ।

डायमन्डले आर्मीसँग एक अंक गुमाउदा पुलिसविरुद्ध ३ अंक जोडेको थियो । डायमन्डलाई फाइनल पुग्न एपिएफविरुद्ध एक सेट जित हात पारेपनि पर्याप्त हुनेछ । एपिएफलाई भने ३–० को सोझो सेटमा जित आवश्यक छ ।

तर, तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको एपिएफलाई डायमन्डविरुद्ध जित निकाल्न कठिन हुनेछ । टोलीका भरपर्दा खेलाडी सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, कप्तान बिनिता बुढाथोकीले स्वभाविक खेल पस्कन सकेको छैन ।

यता, एक वर्षपछि कोटमा फर्किएको प्रतिभा माली सम्मिलित डायमन्डले आर्मीसँग संघर्ष गरेपनि प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको पुलिसलाई हराउन सफल भएको थियो । टोलीसँग राष्ट्रिय टोलीका कप्तान समेत रहेका अरुणा शाही, कप्तान ललितानाथ र सलिना श्रेष्ठको साथ रहेको छ ।

पुलिस तीन खेलबाट ६ अंक जोडेर फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार दिउँसो १२ बजे हुनेछ ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.