5 years ago
February 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – यती एअरलान्सले आफ्नो समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा अर्को साता गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा फागुन २१ र २२ गत दुईदिने प्रतियोगिता हुने यती एअरलायन्सले जनाएको छ । स्व शेर्पाकोे स्मृतिमा हुन लागेको प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
प्रवक्ता बर्तौलाले भने,’ पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ यती एअरलाइन्सले अर्को वर्ष प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिम देखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा पनि आयोजना गर्ने लक्ष्य रहेको जनाएको छ ।
प्रतियोगितामा दर्ता शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ ।प्रतियोगिताका विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको विजेता र रनरअप, भेट्रान तर्फका विजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधालाई पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य विजेताले उपाधिसहित ५ लाख रुपैयाँ बराबरको ट्राभल प्याकेज जित्नेछन् । अन्य विजेताहरुले यती गु्रपकै सञ्चालनमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।
त्यसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यती एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एण्ड डाउनी रहेका छन् । प्रतियोगिताको मुख्य आयोजकमा यती एअरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् । शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]