5 years ago
March 10, 2021
प्रथम साईनो खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगितामा कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताका बिजयी सुरुवात गरेका छन् ।

देवराजले आयोजक साईनोका सुजन थापालाई २१–१४ र २१–१४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै पविनले बुटवलका प्रतिक अर्यालमाथि २१–७ र २१–८ को जित हात पारे ।
सेनाका संतोष पनेरुले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रतिक श्रेष्ठमाथि २१–३ र २१–५, गोकुल जोराले एनआएएन दुवईका साहिल चन्दलाई २१–५ र २१–१०, रुकेश महर्जनले काठमाडौ ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३ र २१–१०, भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर, सहरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८–२१, २१–११ र २१–१८ को सेटमा पराजित गरे ।
नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितीज खनाललाई २१–१९ र २२–२०, सेनाका आयुष्मान नागरीले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर, सुर्खेतका नरेन्द्र बलमे काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१।१६, २१।१५, सेनाका भोजबहादुर गुरुङ्गले चण्डोलका शिव थापालाई २३–२१ र २१–१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१–१५ र २१–१० ले पराजित गरे ।
तारकेश्वर १ साङलामा आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल सीतर्फ सिन्धुलीका बिष्णु ढुङ्गेल र पुरज ढुङ्गेलको जोडीले स्पोर्ट्स हवका ज्ञानु गिरी र रोचक राईको जोडीलाई २०–२२, २१–४ र २१–९, दाङ्गका अरुण अधिकारी र सुविन श्रेष्ठको जोडीले चन्द्रागिरीका अशोक जोशी र रोशन श्रेष्ठको जोडीलाई २१–१५ र २१–१८ को सेटमा पराजित गरे ।
दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगरको जोडीले हरिशिद्धी ब्याडमिन्टन क्लबका बिक्रम महर्जन र हेरिराज महर्जनको जोडीलाई २१–१८ र २१–१७, गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का र रमेश ठकुरीको जोडीले सूर्यदर्शनका दीपक राना र अर्जून तामाङ्गको जोडीलाई १५–२१, २१–१२ र २१–१९ र टोखाका मानकाजी श्रेष्ठ र पुष्प श्रेष्ठको जोडीले चण्डोलका सुमन डङ्गोल र सुजन तामाङ्गको जोडीलाई २१–१५ र २१–८ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।
यसैगरि दोश्रो चरण प्रवेश गर्ने क्रममा सूर्यदर्शनका बाबुराम महर्जन र हिरा रोका मगरको जोडीले बुटवलका प्रतिक अर्याल र युएई दुवइ एनआरएनका साहिल चन्दको जोडीलाई २१–१६ र २१–१०, हरिसिद्धी ब्याडमिन्टन क्लबका धनराम महर्जन र सिदिस महर्जनको जोडीले धर्मस्थलीका नवराज खड्का र बिजय श्रेष्ठको जोडीलाई १६–२१, २१–१५ र २१–१८, किर्तिपुरका द्रिप्रिस बज्राचार्य र निखिल भट्को जोडीले भक्तपुरका राजेश खाईतु र श्याम सुन्दर खाईजुको जोडीलाई २१–९ र २१–१६, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडीले भक्तपुरका राजेश घेमसु र रुकेश कुवरको जोडीलाई २१–७ र २४–२२ ले पराजित गरे ।
भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडीले टोखाका पदम गुरुङ्ग र प्रशान्त सिंह ठकुरीबाट वाकओभर, नुवाकोटका चन्दन घले र सुरज लामाको जोडीले ललितपुरका सुजित महर्जन र राकेश शाक्यबाट वाक ओभर तथा टोखाका प्रकाश कार्की र दामोदर श्रेष्ठको जोडीले ओखलढुङ्गाका हेमन्त राई र निरज राईको जोडीबाट वाकओभर प्राप्त गरे ।
पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथी) बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुष एकल र युगलमा बिजयी शिर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै पुरुष एकलमा क्वाटरफाईनलिष्टहरुले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
महिला एकलतर्फ शिर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । भेट्रान्स तर्फ बिजयी शिर्ष तीनले ४०, २५ र २० हजारका साथै मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै प्रथम स्थान प्राप्त गर्नेलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।
तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साईनो स्पोर्टस् हलको आयोजनामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले उपत्यकाबाट ६ किमि टाढा यस्तो राम्रो कभर्डहल बनाई ब्याडमिन्टन खेलको बिकासमा अग्रसर भएकोमा हलका संचालक ओमलाल गुरुङ्गलाई धन्यवाद प्रदान गर्दै परिषद साईनोसंग सहकार्य गर्न ईच्छुक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतियोगिताका रेफ्रि उदय अर्यालले आगामी दिनमा प्रतियोगितामा बि र सी लेभल भनेर छुुट्याउन नहुने भन्दै यस्ता प्रतियोगिताले खेलमा बिकृती उत्पन्न हुने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]