default_image

3 years ago

March 13, 2021

गोल्डेन एथलेटिक्स मिट : सन्तोषी र चन्द्र उत्कृष्ट

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाल एपिएफ क्लबका चन्द्र बहादुर पुलामी मगर गोल्डेन एथलेटिक्स मिटमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सन्तोषी सिनियर महिलातर्फ तथा चन्द्र बहादुर सिनियर पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्डमा शनिबार भएको गोल्डेन एथलेटिक्स मिटको ३ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण तथा चन्द्रले १०० मिटर दौडमा स्वर्ण जितेका थिए । सन्तोषी गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटरमा स्वर्ण पदक विजेता हुन् ।

जुनियर महिलातर्फ चितवनकी रेश्मा सुवेदी र पुरुष जुनियरमा साहन चन्द्र शाह उत्कृष्ट खेलाडी घोषित भए । रेश्माले गर्ल्स १०० मिटरमा स्वर्ण तथा सिनियर महिला २०० मिटरमा रजत जितेकी थिइन् । यस्तै साहन चन्द्रले १०० मिटर ब्वाइजमा स्वर्ण जितेका थिए ।

सन्तोषीले निर्धारित ३ हजार मिटर दौड ९ मिनेट ४९.०९ सेकेन्डमा पार गर्दै स्वर्ण जितिन् । नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १० मिनेट ४१.९ सेकेण्डमादुरी पार गर्दै रजत र काठमाडौंकी बन्दना राईले १२ मिनेट २२.५ सेकेण्डसाथ कास्य जितिन् ।

पुरुष ३ हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका टंक कार्कीले ९ मिनेट १०.६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जिते । उनले आफ्नै क्लबका शिव बहादुर रायमाझीलाई पछि पारे । दोस्रो भएको रायमाझीले ९ मिनेट १६ सेकेन्डमा दुरी पार गरे । सन्तोष नाथ योगीले ९ मिनेट ३२.७ सेकेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

१०० मिटर दौडमा नेपाल एपिएफ क्लबका चन्द्र बहादुर पुलामी मगरले स्वर्ण जिते उनले आफ्नै क्लबका आशिष चौधरीलाई पछि पार्दै स्वर्ण जितेका हुन । उनले १०.८० सेकेण्डमा दुरी पार गर्दा रजत जितेका चौधरीले १०.८५ सेकेन्ड समय खर्चिए । आर्मीका जीवन चौधरीले १०.९९ सेकेण्डका साथ कास्य हात पारे ।

२ सय मिटर पुरुषतर्फ एपिएफका निर पताप महतोले २२.७४ सेकेण्डका साथ स्वर्ण जिते । त्यस्तै पर्साका अरुण महतो थारुले २३.५४ सेकेण्डमा रजत र आर्मीका चेतनारायणा थानेतले २३.७७ सेकेण्डका साथ कास्य जिते । यसविधाको महिलातर्फ आर्मीकी जयरानी थारुले ३६.०७ सेकेण्डमा स्वर्ण जितिन् । चितवनकी रेश्मा सुवेदीले २७.१४ सेकेण्डमा रजत र आर्मीकी कृष्णा कुमारी चौधरीले २७.४० सेकेण्डमा दुरी पार गर्दै कास्य जितिन् ।

महिलातर्फ सय मिटरमा आर्मीकी सरस्वाती चौधरीले स्वर्ण जितिन् । उनले १२.४० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी हुन । त्यस्तै एपीएफकी शिला चौधरीले १४.०९ सेकेण्डमा रजत र आर्मीकी स्वस्तिका चौधरीले १५.०९ सेकेण्डमा कास्य जितिन् ।

चार सय मिटर पुरुषमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । १३ औं सागका कास्य पदक विजेता उनले ४९.१ सेकेण्डमा दुरी पार्दै स्वर्ण जितेका हुन । त्यस्तै एपीएफका शिवराज पार्कीले ५१.६० सेकेण्डमा रजत जित्दा आर्मीका प्रकाश दनुवारले ५१.९८ सेकेण्डमा कास्य जिते । महिलातर्फ भगवती कुमारी चौधरीले १ मिनेट ०४.१ सेकेण्डका साथ स्वर्ण जित्दा सिमा चौधरीले १ मिनेट ०७.८ सेकेण्डमा रजत जितिन् । ललितपुरकी काजल बिष्टले १ मिनेट १०.३ सेकेण्डका साथ कास्य जितिन् ।

पुरुष ८ सय मिटरमा आर्मीका मुकेश पालले १ मिनेट ५९.५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिने । आर्मीका सुनिल सुनारले २ मिनेट ०.३ सेकेन्डमा दुरी पार गर्दै रजत जित्दा पर्साका प्रिन्स कुमार मुखियाले २ मिनेट ५ सेकेण्डका साथ कास्य जिते ।

ब्वाइज ८ सय मिटरमा काठमाडौंका युनिस आलेमगरले २ मिनेट ७.२५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जिते । ललिपुरका उदय लिम्बुले २ मिनेट ११.९१ सेकेन्डमा तथा तेस्रो भएको बाँकेका अतुल गोदियाले २ मिनेट १३.६७ सेकेन्डमा दुरी पारगर्दै कास्य जित्न सफल भए ।

गल्सको यही विधामा एपिएफकी सिमा चौधरीले २ मिनेट ३७.९१ सेकेन्डका साथ स्वर्ण जितिन् । सरस्वती बोहोराले २ मिनेट ४५ .७८ सेकेन्डका साथ रजत तथा उर्जा मधिकर्मीले २ मिनेट ४६.१७ सेकेन्डका साथ कास्य हात पारिन् ।

जुनियरतर्फ १ सय मिटर पुरुषमा सहान चन्द शाह ११.३१ सेकेन्डका साथ पहिलो, सलिम देवान ११.४१ सेकेन्डका साथ दोसो तथा आदेश कुमार यादव ११.६० सेकेन्डका साथ तेसो भए । यसै विधाको महिलातर्फ रेश्मा सुवेदीले १२.५९ सेकेन्डका साथ स्वर्ण जितिन् । लुझला अमात्यले १३.४१ सेकेन्डका साथ रजत तथा सीमा चौधरीले १३.६१ सेकेन्डका साथ कास्य जितिन् ।

जुनियर ४ सय मिटर पुरुषमा झापका विनय आचार्यले ५५.२२ सेकेन्डका साथ स्वर्ण जिते । दाङका चित्र बस्नेत ५६.४७ सेकेन्डका साथ रजत तथा दार्चुलाका महेन्द बडालले ५८.७५ सेकेन्डका साथ कास्य हात पारे । महिलातर्फ अरुणा रिजाल पहिलो, रोजिना दुलाल दोसो र श्रेस्का शिल्पकार तेसो भइन् ।

प्रतियोगिताको हरेक विधाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गरे । सिनियर र जुनियर उत्कृष्ट खेलाडीले समान २ हजार र ट्रफीप्राप्त गरे ।

विजयी खेलाडीलाई सुर्यविनायाक नगरपालिकाका मेयर बासुदेव थापा, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्ला एथलेटिक्स संंघका अध्यक्ष मन्जु श्रेष्ठ, आशाराम गोथे गुलाल महर्जन, सुशिल नरसिंह राणा, सन्जीव तुलाधर, रघुराज वन्त, जित बहादुर केसी, बैकुन्ठ मानन्धर, दिवाकर लाल अमात्य, धनीराम चौधरी, चन्द्र गुरुङ, राकेश बज्राचार्य, गजेन्द्रलाल प्रधान, सुनिल राजवंशी, सुष्मा पाण्डे र रमेश शाक्यलगायतले पुरस्कृत गरे ।

प्रो स्पोर्ट्स इभेन्टको संयोजकत्वमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला एथ्लेटिक्सको संघको आयोजनामा भएको प्रतियोगितामा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट र जुनियरतर्फ ३ इभेन्ट समावेश गरिएको थियो । सिनियरतर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर र तीन हजार मिटर दौड समावेश छ । यस्तै जुनियरतर्फ १ सय मिटर,४ सय मिटर र ८ सय मिटरमा प्रतिस्पर्धा भएको थियो ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

Success

Thank you for your time.