5 years ago
March 16, 2021
काठमाडौंं (हाम्रो खेलकुद) – आगमी जेठमा पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा प्रदेश १ बाट फुटसल ५ धरान र राइजिङ एफसी छनोट भएका छन् ।

उनीहरु प्रदेश १ को विजेता र उपविजेताको रुपमा छनोट भएका हुन् । पाथिभारा फुटसल इटहरीमा मंगलबार भएको फाइनलमा फुटसल ५ धरानले राइजिङ एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन बने । निर्धारित समयको खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा फुटसल ५ धरानले बाजी मा¥यो । छनोट भएको दुवै टोलीले तयारी खर्च स्वरुप समान १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
विजयी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, हेड अफ फुटसल विनोद गुरुङलगायतले पुरस्कृत गरे । प्रदेश १ को छनोटमा ८ टिमको सहभागिता रहेको थियो । अब लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा १९ देखि २३ चैतसम्म हुनेछ । बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ । गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म हुनेछ ।
फुटसलको ‘ए’ डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुनेछ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछ । जसमा बागमती प्रदेशबाट ४ टोली, प्रदेश १ र गण्डकी प्रदेशबाट समान २–२, प्रदेश २ बाट एक टोली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट संयुक्त एक टिम हुनेछ ।
लिग विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार रुपैयाँ पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख रुपैयाँ उपलब्ध गराउने छन् ।
प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले इरानसँग मैत्रीपुर्ण फुटसल खेलाउने तयारी गरिरहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]