5 years ago
March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ को पहिलो राउन्डमा हार बेहोरेको छ ।

सवाव अल एली दुवई क्लबमा मंगलबार भएको एसएलफोको पहिलो राउन्डको खेलमा प्रकाश मलेसियाका मोहम्मद जुलफातीहि जफ्फरसँग २–० को सोझो सेटमा पराजित भएको हो । प्रकाशले जफ्फरसँग २१–१० र २१–१३ को सोझो सेटमा हार बेहोरे । प्रकाशले अब लिग चरणमा दुई खेल खेल्न बाँकी रहेको छ ।
यस्तै उनले मेन्स डबल्समा भारतीय खेलाडीसँग मिलेर खेल्नेछ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो सहभागिता हो । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]