default_image

5 years ago

March 31, 2021

कमल स्कुलको विजयी सुरुआत

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कमल इङ्लिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।

बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन लाउन्सलाई २–१ र माउन्ट ग्लोरीले कुलेश्वर ‘बी’ लाई ४–० गोलले हराए ।

प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा १४ की अध्यक्ष शोभा सापकोटाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारले जनाएका छन् । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नकआउट आधारमा भइरहेको प्रतियोगिताको फाइनल शुक्रबार हुने छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.