default_image

3 years ago

April 2, 2021

सुदिन, जितेन, सक्षम र अरुण सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठ, जेस्ट ब्याडमिन्टनका जितेन महता, सुर्याेदय स्कुलका सक्षम राना र दाङका अरुण अधिकारी प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा दाङका सुदिन श्रेष्ठले सुर्याेदय बोर्डिङ स्कुलका अमन डंगोलललाई १५–७ र १५–५ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुदिन श्रेष्ठ, जेस्ट ब्याडमिन्टनका जितेन महता, सुर्याेदय स्कुलका सक्षम राना र दाङका अरुण अधिकारी प्रथम सुर्यदर्शन जुनियर यु–१३ ब्वाइज सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टोखास्थित सुर्यदर्शन ब्याडमिन्टन कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा दाङका सुदिन श्रेष्ठले सुर्याेदय बोर्डिङ स्कुलका अमन डंगोलललाई १५–७ र १५–५ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

यस्तै जेस्टका जितेन महताले पिएफसीका आरोन कटवाललाई १५–१३ र १५–१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थन बनाए । सुर्याेदयका सक्षम रानाले महाबौद्ध युथ क्लबका सोभिन शाक्यलाई १५–२ र १५–६ ले तथा दाङका अरुण अधिकारीले जेस्टका प्रारम्भ सिंम्खडालाई १५–४ र १५–६ ले पारजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । शनिबार हुने सेमिफाइनलमा सुदिन र जितेत तथा सक्षम र अरुणबीच प्रतिस्पर्धा हुनेछ । फाइनल पनि शनिबार नै हुनेछ ।

दुई दिने प्रतियोगितामा ४५ जना जुनियर खेलाडीहरुले सहभागिता जनाएका थिए । जुनियर र एक दिने तीनभन्दा बढी खेल खेल्नुपर्ने भएका कारण खेललाई बेस्ट अफ थ्री र १५ मा नतिजा आउने गरी खेलाइएको वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जानकारी गराए ।

सुर्यदर्शन ब्याडमिन्टन कोर्टका अध्यक्ष शिवराज डंगोलले नयाँ प्रतिभावान खेलाडी निकाल्ने उद्देश्यले यु–१३ को प्रतियोगिता आयोजना गरिएको बताए । वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले यु–१३ को प्रतियोगिता नभइरहेको अवस्थामा यो प्रतियोगिताले जुनियर खेलाडी उत्पादनमा सहयोग हुने बताउदै हाल विश्व ब्याडमिन्टनको जुनियरतर्फ तेस्रो वरियतामा रहेका प्रिन्स दाहाल पनि उमेर समूहको प्रतियोगिता खेल्दै त्यहाँसम्म पुगेको बताए ।

योनेक्स सनराइजका नेपालका लागि आधिकारिक बिक्रेता (इनास इन्टरप्राइजेज) का प्रवन्ध निर्देशक राजु बास्तोलाले प्रतियोगिताको लागि दुई थान नेट र एक कार्टुन माभिस ३५० सटल कक सहयोग प्रदान गरेका थिए । उनले यस प्रतियोगितामा प्रतिभावान देखिने खेलाडीलाई पनि आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने बताएका छन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सुभास श्रेष्ठ र इनासका राजु बास्तोलाले उद्घाटन गरेका थिए ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.