default_image

3 years ago

April 4, 2021

पारा ब्याडमिन्टन खेलाडी प्रकाशसँगै गौरव र पलक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी दुवई परिवारले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीसँगै पारा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री गौरव खन्ना (भारत) र पारा ब्याडमिन्टन ओलम्पिकका सबैभन्दा कान्छी खेलाडी पलक कोहली (भारत) लाई सम्मान गरिएको छ । नेपाल ब्याडमिन्टन कम्युनिटी दुवईले तीन जनालाई खादा र भादगाउँले टोपी लगाएर सम्मान गर्दै नेपाली खेलाडी […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी दुवई परिवारले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीसँगै पारा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री गौरव खन्ना (भारत) र पारा ब्याडमिन्टन ओलम्पिकका सबैभन्दा कान्छी खेलाडी पलक कोहली (भारत) लाई सम्मान गरिएको छ ।

नेपाल ब्याडमिन्टन कम्युनिटी दुवईले तीन जनालाई खादा र भादगाउँले टोपी लगाएर सम्मान गर्दै नेपाली खेलाडी प्रकाशलाई योनेक्स भोट्रिक फ्लास बुस्ट नामक नयाँ मोडलको ब्याडमिन्टन  र्‍याकेट उपहारस्वरूप प्रदान गरिएको थियो । पछिल्लो समय नेपाली ब्याडमिन्टन कम्युनिटिले सामाजिक दायित्व निर्वाह गर्नुका साथै खेल र खेलाडीलाई अग्रस्थानमा राख्ने कार्य गर्दै आइरहेको छ ।

नेपालको इतिहासमा पहिलोपटक यसरी अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा भाग लिन पुगेका प्रकाशलाई नेपाली ब्याडमिन्टन कम्युनिटिले सहयोगसँगै सम्पुर्ण व्यवस्थापन गरेको थियो । प्रतियोगिताको अम्पायरको भूमिकामा रहेका हिरालाल श्रेष्ठले आफ्नो जिम्मेवारीसँगै उनको लागि गर्न सक्ने सहयोग गरेका थिए । सोही अवसरमा छिमेकी राष्ट्र भारतका विश्व प्रसिद्ध प्रशिक्षक, खेलाडी, रेफ्री र पारा ब्याडमिन्टनमा ठूलो योगदान पु¥याएका गौरव खन्नासँगको भेटलाई पनि नेपाल ब्याडमिन्टन कम्युनिटीले महत्वका साथ हेरेको छ ।

सम्मान तथा बिदाई कार्यक्रममा भारतीय पारा ब्याडमिन्टन प्रशिक्षक गौरव खन्नाले नेपाली प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी प्रतिभावान् रहेको र उनलाई राम्रो प्रशिक्षणको व्यवस्था हुन सके भविष्यमा राष्ट्रको लागि पदक जित्न सक्ने बताए । उनले प्रकाशको पारा ओलम्पिक टोकियो–२०२० मा वाइल्ड कार्डबाट प्रवेश गर्न सकिने आशा जिवितै रहेकाले स्पेनमा हुने अर्को अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउनु पर्ने बताए ।

सम्मान कार्यक्रममा नेपाल ब्याडमिन्टन कम्युनिटीमा हिरालाल श्रेष्ठ, सुमन उदय, दिपेश श्रेष्ठ, सुदिप कार्की, कृष रायमाझी, अर्जुन गौली, रुद्र थापा, हिम्मत चन्द, प्रमित उदय, सुनिल पौडेल, बिकास शाही, शैलेन्द्र खड्का र राम बहादर चन्द उपस्थित रहेका थिए ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.