5 years ago
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईकेकेएफका थमप्रकाश खड्काले प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार स्वर्ण जितेका छन् ।

नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे । सिनामंगलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेए केन्द्र डोजोका कमल पहाडीले आईकेकेएफका प्रज्ज्वल थापा, ३५ केजीमा आईकेए केन्द्र डोजोका सागर थिङले आईकेए कीर्तिपुर डोजोका निरज दुदराज, ४५ केजीमा आईकेए केन्द्रका अनमोल माझीले आईकेकेएफका नवराज थापा र ५० केजीमा आईकेए दोलखाका लाप्साङ शेर्पाले आईकेए केन्द्रका शंकर महतोलाई फाइनलमा हराउदै स्वर्ण जिते ।
महिला खुलामा सिनक्योकुसिन जढीबुटी डोजोकी संगिता सुनुवार पहिलो भइन् । फाइनलमा संगिताले वल्र्ड वे डोजोकी करिश्मा कार्कीलाई पाखा लगाइन् । विजेतालाई आयोजकका अध्यक्ष टीका श्रेष्ठ थिङ, प्रतियोगिताका मुख्य जुरी प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गरेका थिए । प्रतियोगितामा ६९ पुरुषले ५ तथा १६ महिलाले १ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]