5 years ago
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले ‘निसहाय सेवा सदन’ मा रहेका जेष्ठ नागरिकलाई १ महिनासम्म आवश्यक पर्ने औषधी, ह्वीलचेयर र मास्क प्रदान गरेका छन् ।

स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनले आयोजना गरेको उक्त कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले निसहाय सेवा सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै अध्यक्ष श्रेष्ठले आगमी दिनमा यस्ता सेवालाई ओलम्पिक कमिटिबाट निरन्तरता दिने पनि बताएका छन् ।
स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनका अध्यक्ष गोवद्र्धन श्रेष्ठले नयाँ वर्ष २०७८ को शुभकामनासहित आउने दिनहरुमा अन्य उपलब्धिमुलक कार्यहरु ल्याउने बताए । सेवा सदनका कोषाध्यक्ष गजुरेलले यस कार्यबाट खुशी छाएको र ओलम्पिक कमिटि र स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनलाई धन्यवाद ज्ञापन गरे ।

औषधी र ह्वीलचेयर कमिसनका सदस्यस प्रदीप कुमार राजभण्डारी र डाक्टर सन्जय विक्रम श्रेष्ठले सहयोग गरेका हुन् । कार्यक्रममा ओलम्पिक कमिटिका उपाध्यक्ष एवब् कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यसँगै कमिसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]