4 years ago
June 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठको संयोजकत्वमा कालिका नगरकोटी गुठी समाजद्धारा सञ्चालित आइसोलेसन वार्डलाई अक्सिजन सिलिन्डर प्रदान गरिएको छ ।

कोभिड–१९ को दोस्रो लहर चलेसँगै गुठीले सञ्चालन गरेको आइसोलेसन वार्डलाई समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोगमा प्राप्त अक्सिजन सिलिन्डर प्रदान गरिएको दोहोरो स्वर्णधारी मन्देकाजीले जानकारी गराए ।
मन्देको संयोजकत्वमा रहेको समितिमा ओलम्पियन दीपक विष्ट, उद्यमी बिशाल श्रेष्ठ, व्यापारी रोशन श्रेष्ठ र विशाल थापाको विशेष पहलमा उक्त अक्सिजन सिलिन्डर मंगलबार प्रदान गरिएको हो । कराँतेका दोहोरो स्वर्णधारी मन्देले केही समयपछि मेडिकल सामग्री पनि प्रदान गरिने र आवश्यक परे सदैव सहयोग गर्न तयार रहेको बताएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]