default_image

3 years ago

June 19, 2021

भारतीय चर्चित धावक मिल्खा सिंहको निधन

एजेन्सी – भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो । शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएको छ । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे […]

108 views

0 Bookmark

एजेन्सी – भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो ।

शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएको छ । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे भएको हो ।

२० मेमा उनलाई अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । १३ जुनसम्म उनी आईसियुमा थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जनुमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसियु भर्ना गरेर उपचार गरिएको थियो ।

पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । उनको नाममा फिल्म समेत बनेको थियो । फ्लाइङ सिखका नामले समेत परिचित सिंहले सन् १९५८ को टोकियो एसियाली खेलकुदमा २ सय मिटर, ४ मिटर तथा १९६२ को जाकार्ता एसियाली खेलकुदमा ४ मिटर र ४ गुणा ४ मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.