4 years ago
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) ले संयुक्त अरब इमिरेट्स (युएइ)) स्थित दुवईमा सम्पन्न बिच एयर ब्याडमिन्टन कम्युनिटी प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ ।

दुवईस्थित जुमिरहामा रहेको बिच भलिबल कोर्टसँगैको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल बलियो श्रीलंकाको कम्युनिटी (समुदाय) सँग समग्रमा १००–६१ ले पराजित हुदै दोस्रो स्थान हासिल गरेको हो ।
विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ मै प्रतिपादित यो खेल बिडब्लुएफको रेली प्वाइन्ट पद्धतिको आधारमा भएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा नेपालसहित भारत, फिलिपिन्स र श्रीलंकाको समुदायले सहभागिता जनाएको थियो । नेपालले समूह चरणमा भारतलाई हराउँदै फइनलमा स्थान पक्का गर्दा श्रीलंकाले फिलिपिन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

दुवई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुवईले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता १७ देखि १९ जुनसम्म भएको प्रतियोगितामा विभिन्न पाँच विधा समावेश गरिएको थियो । प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, मिक्स टि वान र मिक्स टि टु समावेश रहेको थियो ।
पुरुष डबल्समा दिपेश श्रेष्ठ र अनिल जोशी, महिला डबल्समा ज्ञानु बराल र सृष्टि शाक्य, मिक्स डबल्समा टक सुनुवार र पवन मैया नकर्मी रहेका थिए । मिक्स टि वानमा दिपेश श्रेष्ठ, सुनिल पौडेल र सृष्टि शाक्य रहँदा मिक्स टि टुमा टक सुनुवार, ज्ञानु बराल र पवन मैया नकर्मी रहेका थिए ।

पछिल्लो समय युएईमा नेपाली समुदायबीच विशेष गरी ब्याडमिन्टन खेलमा रुचि बढेको छ । एनबीसीको पहलमा समुदायका महिला तथा पुरुषसँगै बालबालिकालाई छुट्टीको दिनमा पायक पर्ने स्थलमा जम्मा भइ खेल्ने गर्दछन् । छोटो समयमा नै नेपाली समुदायले यही स्तरको प्रतियोगिताहरुमा बाक्लो उपस्थिति जनाउन थालेको दुवईबाट टिम व्यवस्थापक हिरालाल श्रेष्ठले जानकारी गराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]