4 years ago
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग आगमी साउन तेस्रो सातादेखि आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक विज्ञप्ति जारी गर्दै अनिश्चित कालका लागि स्थगित भएको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल साउन २३ गतेदेखि पोखरामै आयोजना हुने जानकारी गराएको छ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणसँगै देशभर निषेधाज्ञ लागु भएपछि एन्फाले गत १ देखि २२ जेठसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुन लागेको ‘ए’ डिभिजन फुटसल लिग अनिश्चित समयका लागि स्थगित गरेको थियो ।
एन्फाले नेपाल सरकारद्धारा हाल कोभिड १९ का कारण खेलकुद गतिविधिहरु गर्न रोक लगाइरहेको अवस्थामा नेपाल सरकारसँग स्वीकृति लिइ आवश्यक स्वास्थ्य मापदण्ड अपनाई लिग सञ्चालन गरिने बताएको छ । लिगका लागि एन्फाले गत वर्षको १ देखि २०७८ ५ बैशाखसम्म सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो । लिगमा १० टिमको सहभागिता रहनेछ ।
प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमुल फुटसद प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं छनोट भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल प्रालि, सविन मेमोरियल फुटसल क्लब प्रालि पोखरा र लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगका लागि छनोट भएका छन् ।
यो प्रतियोगिताबाट एशियाली फुटबल महासंघ (एएफसी) द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ । एन्फाले एन्फा फुटसल कमिटिको सिफारिसमा गौरव बस्नेतलाई ६ महिनाका लागि नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । यसअघि विष्णु गुरुङ फुटसल टोलीको मुख्य प्रशिक्षक रहेका थिए ।
बस्नेत सहायक प्रशिक्षकको रुपमा रहेका थिए । उनले एएफसी र एन्फाको ‘ए’ लाइसेन्स कोर्स पुरा गरेका छन् । नेपालले २०२२ को एएफसी फुटसल एसियन कप क्वालिफायर खेल्दैछ । सोही छनोट खेलबाट नै बस्नतेले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]