4 years ago
July 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले विगत दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेको फुटसल सञ्चालनका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल सञ्चालनका लागि संघले बिहीबार काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनको लागि अनुमति दिन माग गरिएको छ ।
निषेधाज्ञा केही खुकुलो भएसँगै खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गरी सञ्चालन गर्न हामी व्यवसायीहरु प्रतिबद्धता व्यक्त गर्दछौं । हाल राज्यबाट कुनै पहल नदेखिएको हुदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले कार्यालयमार्फत आवश्यक पहल गरी हामीहरुको फुटसल ब्यवसायल अविलम्व सञ्चालनको प्रवन्ध गरिदिनुहुा ज्ञापनपत्र बुझाएका छौं ।

बिजुली, जग्गा भाडा, बैंकको ब्याज, कर्मचारीको तलव (दैनिक खर्च) व्यवस्था गर्ने अवस्था छैन । हामी यस अवस्थामा खेल सञ्चालन गर्दा खेल मैदान परिसरभित्र प्रवेश गर्नुअघि खेलाडीको तापक्रम जाच्ने, साबुन पानीको व्यवस्था, सेनिटाइजर र व्यवस्थित वाथरुमको साथै खेल अन्तराल कुनै किसिमको भीडभाड नहुने प्रतियोगिता नगर्ने र कर्मचारीको स्वास्थ्यको विशेष ध्यान दिने तथा फुटसल मैदानभित्र १० जनालाई मात्रै मैदान प्रवेश गर्न दिने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिड–भाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ साउनबाट ‘ए’ डिभिजन फुटसल लिग पोखरामा गराउने निर्णय गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]