9 years ago
November 3, 2016
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास इन्डो नेपाल फाउन्डेस, काठमाडौंका अध्यक्ष कासिम मिया धोवीले लिएका छन् ।

शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा काम गर्ने उद्देश्यले फाउन्डेसन झन्डै दुई महिना अघि स्थापना भएको थियो । नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका कासिम नेपाल पारा तेक्वान्दो समितिका अध्यक्ष समेत हुन् । इन्डो नेपाल फाउन्डेसनको १४ सदस्यीय कार्यसमितिमा ७ नेपाली र ७ भारतीय रहेको अध्यक्ष कसिमले जानकारी दिए ।
फाउन्डेसनले भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि र खेलकुदको विकासका लागि योजना ल्याउने कसिमले जानकारी दिए । ‘फाउन्डेसनको स्थापना दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउनु हो,’ सिमरा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका सदस्य समेत रहेका उनले भने,‘मुख्यतः शिक्षा, स्वास्थ्य र खेलकुद विकासमा सहयोग गर्नु हाम्रो फाउन्डेसनको लक्ष्य हो ।’
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]