default_image

4 years ago

July 26, 2021

अजितले वल्ड च्याम्पियनसिप र फेडेरेसन कप खेल्ने

343 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप अजित कुमार यादवले झन्डै चार साताको अन्तरमा दुई जुनियर च्याम्पियनसिप खेल्ने भएका छन् ।

अजितले ३१ जुलाईदेखि २ अगस्टसम्म भारतको पञ्जावमा हुने यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) र १७ देखि २२ अगस्टसम्मा केन्याको नौरबीमा हुने यु–२० जुनियर एथलेटिक्स वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको नेपाल एथलेटिक्स संघले जनाएको छ ।

अजितले अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा १५ सय मिटरमा तथा वल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । संघले उनलाई सोमबार नै बिदाई गरेको छ ।

हङकङपछि नै उनको यो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुनेछ । उनी बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप नजिकिदै गर्दा उनले रंगशालामा गएरै राम्रोसँग प्रशिक्षण गर्न नपाएपनि १५ सय मिटर दौडमा कीर्तिमान बनाउने लक्ष्य रहेको बताएका छन् ।

‘बिहानै रंगशाला गयो, त्यहाँको सुरक्षा गार्डले पत्र खोई भनेर सोध्छ, नभए फर्कनु भन्छ । हामीले कहाँबाट पत्र ल्याउने हो । त्यो पनि थाहा छैन ।’ अजितले भने, ‘प्रशिक्षक र उनीहरुलाई लाखौ अनुरोध गरेपछि मुस्किलले तीन देखि चार दिन रंगशालामा गएर प्रशिक्षण गर्ने अवसर पाए । रंगशालाको सेक्युरिटी इन्चार्जले पत्र नभए नआउनु भन्नुभएको छ । कस्तो पत्र ल्याउनुपर्ने हो केही थाहा छैन । भोलिदेखि कहाँ गएर प्रशिक्षण गरौं ।’

यस्तो अवस्थामा उनले आफु बस्ने लगनखेल वरपरकै खुल्ला सडकमा आफ्नो नियमित प्रशिक्षणलाई त्यागेका छैनन् । ‘रंगशाला प्रवेश गर्न दिएन भनेर भएन । आफुलाई फिट त राख्नै प¥यो । भारतमा खेल्न ठीकै होला केन्यामा हाइ अल्टिच्युडमा खेल्नुपर्नेहुन्छ । त्यसलाई मध्यनजर गर्दै प्रशिक्षण गर्ने प्रयास गरिरहेको छु ।’ अजितले भने ।

अजितले वि.स २०७५ चैतमा हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेको आधारमा केन्यामा खेल्ने मौका पाएको हो । जुन नेपाल एथलेटिक्स इतिहासमा ४५ वर्षपछिको पहिलो ऐतिहासिक पदक थियो । उनले निर्धारित दुरी ८ मिनेट ३०.२ सेकेन्डमा पुरा गरेका थिए । जुन उनको जुनियरमा समेत कीर्तिमान थियो ।

जुनियरमा पनि उनले विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमो ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

स्वास्थ्यमा एक्कासी समस्या आएपछि अजितले २०७६ मंसिरमा स्वदेशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाएका थिए । तीन महिनाको विश्रामपछि एथलेटिक्स ट्रयाकमा फर्किएका उनले त्यसपछि विभिन्न ५ प्रतियोगितामा च्याम्पियन बन्दै आफ्नो साखमा फर्किएको संकेत दिएको थियो ।

उनले नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथन अन्तरगतको १० किलोमिटर दौडमा स्वर्ण, बन्दिपुरमा १० किलोमिटरमै स्वर्ण, हेटौडामा १० किलोमिटरमै स्वर्ण, काठमाडौं म्याराथनको ५ किलोमिटर दौडमा स्वर्ण र मदन भण्डारी स्मृति ५ किलोमिटर ठमेल रोड रेसमा स्वर्ण जितेका थिए ।

त्यसपछि कोरोना महामारीले विश्वव्यापी रुप लिदा र त्यसको असर नेपालमा पनि पर्दा कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुन सकेको छैन ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.