4 years ago
July 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियन अजित कुमार यादवले भारतको पञ्जाबमा भएको १९औं यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) मा कमजोर प्रदर्शन गरेका छन् ।
वार हिरो स्टेडियम सांगरर पञ्जाबमा शनिबार भएको पुरुष १५ सय मिटर दौडमा उनी १४ जनामध्ये १२औं स्थानमा रहे । दुई जनाले दौड पूरा गर्न सकेनन् । अजितले निर्धारित दुरी ४ मिनेट ३२ दशमलव ५५ सेकेन्डमा पूरा गरेका थिए ।
अजितले आफ्नै नाममा रहेको कीर्तिमान सुधार्ने लक्ष्य राखेपनि पूरा हुन सकेन । १५ सय मिटरतर्फ अजितको ४ मिनेट २ सेकेन्डको व्यक्तिगत उच्च प्रदर्शन छ । उनले च्याम्पियनसिप नजिकिदै गर्दा प्रशिक्षणको लागि दशरथ रंगशालामा प्रशिक्षण गर्न नपाएको गुनासो गरेका थिए ।
हाम्रो खेलकुदसँगको कुराकानीमा अजितले बिहानै रंगशाला गएपनि त्यहाँको सुरक्षा गार्डले पत्र खोई भनेर सोध्ने नभए फर्कन भनेको, प्रशिक्षक र उनीहरुलाई अनुरोध गरेपछि मुस्किलले तीन देखि चार दिन रंगशालामा गएर प्रशिक्षण गर्ने अवसरको पाएको बताएका थिए । अजितले अब केन्याको नौरबीमा हुने यु–२० जुनियर एथलेटिक्स वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
फेडेरेसन कपलाई यस प्रतियोगिताको छनोटको रुपमा हेरिएको थियो । तर, अजित ३ वर्ष अघि नै एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप भएका कारण उनी सोझै छनोट भएका छन् । वल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा अजितले ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । हङकङपछि उनले यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप बन्यो ।
अजितले वि.स २०७५ चैतमा हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेको आधारमा केन्यामा खेल्ने मौका पाएका हुन्। जुन नेपाल एथलेटिक्स इतिहासमा ४५ वर्षपछिको पहिलो ऐतिहासिक पदक थियो । उनले निर्धारित दुरी ८ मिनेट ३०.२ सेकेन्डमा पुरा गरेका थिए । जुन उनको जुनियरमा समेत कीर्तिमान थियो ।
जुनियरमा पनि उनले विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमो ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।
स्वास्थ्यमा एक्कासी समस्या आएपछि अजितले २०७६ मंसिरमा स्वदेशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाएका थिए । तीन महिनाको विश्रामपछि एथलेटिक्स ट्रयाकमा फर्किएका उनले त्यसपछि विभिन्न ५ प्रतियोगितामा च्याम्पियन बन्दै आफ्नो साखमा फर्किएको संकेत दिएको थियो ।
उनले नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथन अन्तरगतको १० किलोमिटर दौडमा स्वर्ण, बन्दिपुरमा १० किलोमिटरमै स्वर्ण, हेटौडामा १० किलोमिटरमै स्वर्ण, काठमाडौं म्याराथनको ५ किलोमिटर दौडमा स्वर्ण र मदन भण्डारी स्मृति ५ किलोमिटर ठमेल रोड रेसमा स्वर्ण जितेका थिए ।
त्यसपछि कोरोना महामारीले विश्वव्यापी रुप लिदा र त्यसको असर नेपालमा पनि पर्दा कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुन सकेको छैन ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]