default_image

4 years ago

August 1, 2021

भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष सुरु

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि सुरु भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्देश्य अनुरुप संघसँग आवद्ध प्रत्येक जिल्लामा कम्तीमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो ।

संघसँग आवद्ध जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रिय सदस्य एवं कोर्षका प्रशिक्षक ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले जानकारी गराए । सहभागीहरुलाई दीपक थापाले प्रशिक्षण प्रदान गर्नेछन् भने ब्याडमिन्टन एसियाका एक्रिडिएटेड अम्पायरहरु सुमित शाक्य, समन ईकबाल र कृतन खड्का सहयोगीको भूमिकामा रहने छन् ।

दुई चरणमा गरेर सञ्चालन गरिने कोर्षमा ब्याडमिन्टनसँग सम्वन्धित प्राविधक ज्ञान प्रदान गरिने छ । १० दिनसम्म सञ्चालन हुने कोर्षमा सहभागीहरुलाई दुई चरणमा गरेर प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते संम्म साँझ ६ देखि ८ बजे सम्म संचालन हुने प्रशिक्षक दीपक थापाले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघले संचालन गर्न लागेको यो पहिलो आधिकारीक कोर्ष हो । कोर्षमा उत्तीर्ण निर्णायकहरुको प्रयोगात्मक परिक्षा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा लिईने र त्यसमा उत्तीर्ण निर्णायकहरुलाई नेपाल ब्याडमिन्टन संघले आधिकारीक प्रमाण पत्र वितरण गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने समेत संघले जनाएको छ ।

यस अघि पनि निर्णायकहरुको लागि विभिन्न जिल्लाले नेपालका राष्ट्रिय रेफ्रि र अम्पायरहरुको माध्ययमबाट प्रशिक्षण प्रदान गर्दै आईरहेकोमा यसपटक देखि नेपाल ब्याडमिन्टन संघले आधिकारीक रुपमै आँफैले दक्ष निर्णायकहरु उत्पादन गर्ने उद्देश्य कार्यान्वयनमा ल्याएको हो ।

प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, चितवन, दैलेख, दाङ्ग, धादिङ्ग, धनकुटा, डोटी, इलाम, जलेश्वर, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाडौं, काभ्रे, महोत्तरी, मोरङ, नवलपरासी, नवलपुर, नुवाकोट, ओखलढुंगा, पाल्पा, पाँचथर, पर्वत, पर्सा, रुपन्देही, सल्यान, संखुवासभा, सप्तरी, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनहँु, तेह्रथुम, उदयपुर र एपिएफ क्लब रहेका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.