4 years ago
August 5, 2021
एजेन्सी – अर्जेन्टिनाको चुनौती सोझो सेटमा पन्छाउँदै फ्रान्स टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

एरिएक एरिनामा बिहीबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा रसियन ओलम्पिक कमिटि (आरओसी) सँगको भेट पक्का गरेको हो । आरओसीले बिहीबारै साविकको विजेता ब्राजिललाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल ७ अगस्टमा हुनेछ । सोही दिन तेस्रो स्थानको लागि खेल हुनेछ ।
पहिलो सेटमा २५–२२ को जित हात पारेको फ्रान्सले दोस्रो सेटमा २५–१९ को सहज जित निकाल्दै जित नजिक पुगेको थियो । तेस्रो सेटमा पनि फ्रान्सले २५–२२ कै जित निकाल्यो । फ्रान्सको जितमा पाट्रीले १५ तथा क्लेभेनटले १४ अंकको योगदान दिए । अर्जेन्टिनाका लागि कोन्टेले १३ तथा ब्रुनो लिमाले ८ अंकको योगदान दिएपनि हार टार्न सकेन ।

फ्रान्सले स्पाइकबाट ४१, ब्लकबाट १० र सर्भिसबाट ३ अंक जोड्दा विपक्षीको गल्तीबाट २१ अंक पाएको थियो । अर्जेन्टिनाले स्पाइकबाट ३४, ब्लकबाट ५ र सर्भिसबाट १ अंक जोड्दा विपक्षीको गल्तीबाट २३ अंक पाएको थियो ।
अर्जेन्टिना र ब्राजिलले तेस्रो स्थानको लागि खेल्नेछ । यि दुई टोलीले समूह चरणमा पछि पर्दा ब्राजिलले दुई सेटमा पछि परेको अवस्थामा ३–२ को जित निकालेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]