4 years ago
August 6, 2021
एजेन्सी – उपाधि दावेदार ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एसियन प्रतिद्धन्द्धी दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा सहज जित हात पार्दै ब्राजिलले फाइनलमा स्थान पक्का पक्का गरेको हो ।
अब ब्राजिलले उपाधिको लागि अमेरिकासँग खेल्नेछ । अमेरिकाले शुक्रबारै सर्वियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । फाइनल आइतबार हुनेछ । सोही दिन तेस्रो स्थानको लागि सर्विया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

एरिएक एरिनामा एकपक्षीय बनेको खेलमा ब्राजिलले पहिलो र दोस्रो सेटमा समान २५–१६ र २५–१६ को सहज जित हात पारेको थियो । तेस्रो सेटमा पनि ब्राजिलले २५–१६ को सहज जित हात पार्न सफल भयो ।
ब्राजिलको सहज जितमा फे गारेले १७ तथा गावीले सर्वाधिक १२ अंकको योगदान दिइन् । ब्राजिलले स्पाइकबाट ४०, ब्लकबाट १५ र सर्भिसबाट ४ अंक जोड्दा विपक्षीको गल्तीबाट १६ अंक जोडेको थियो । दक्षिण कोरियाका लागि किम योन कुङ र पार्क जिओनगाले समान १०–१० अंकको योगदा दिएपनि हार टार्न सकिनन् ।

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]