4 years ago
August 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा बसोबास गरिरहेका करातेका पुर्व अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीसँगै प्रशिक्षक तथा च्याम्पियन मार्सल आर्ट्स युएसएले अस्वस्थ्य रहेका कराँतेका निर्णायक जस बहादुर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

करातेका पुर्व अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी तथा च्याम्पियन मार्सल आर्ट्स युएसएले नेपालमा कराते भित्र्याउने करातेका संस्थापक थानेश्वर राईको उपस्थितिमा संकलित १ हजार ६ सय अमेरिकी डलर अर्थात (१ लाख ८८ हजार ८ सय ३४ रुपैयाँ) पुनको परिवारलाई मंगलबार हस्तान्तरण गरिएको हो । उक्त संकलित रकम पुनको श्रीमती रोजिना लामाको नाममा नेपाल पठाइसकेको ११औं सागका स्वर्णधारी सुनिल लामाले हाम्रो खेलकुदलाई जानकारी गराए ।
एसियन कराते महासंघ (एकेएफ) को जज तथा नेपाल कराते महासंघ नेपालको राष्ट्रिय निर्णायक पुन विगत ३५ दिनदेखि चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत छन् । ५२ वर्षीय पुनलाई सुरुवातमा नाकबाट ब्लिडिङ भएपछि अस्पताल भर्ना गरिएको थियो । पछि फोक्सोमा पानी जमेको रिपोर्टमा देखिएपनि पछिल्लोपटक आन्द्रामा क्यान्सरको शंका गरिएको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको परिवारले जनाएको छ ।

नेपाली करातेका संस्थापक थानेश्वर राई, नेपाल कराते महासंघको पुर्व महासचिव तथा वरिष्ठ प्रशिक्षक आनन्दु लामा, १३औं एसियन गेम बैंककका कास्य विजेता सम्मर बहादुर गोले, प्रशिक्षक जनक सिंह खड्का, ११औं सागका स्वर्ण विजेता तथा १३औं एपिएसकेइफका स्वर्ण विजेता सुनिल लामा, राष्ट्रिय खेलाडी विजय लामा र १७औं इन्चोन एसियाडका कास्य विजेता बिमला तामाङले सहयोग गरेका छन् ।
यस्तै सुदूरपश्चिका वरिष्ठ कराते प्रशिक्षक करण चन्द, डीवी राउत, प्रेम तामाङ, आठौं साग गेम्सका कास्य विजेता मकेन्द्र बहादुर सिंह, प्रशिक्षक ज्ञान सुनुवार, प्रशिक्षक कुवेर सिंह खड्का र थेरापिस्ट पदम विष्टले अस्वस्थ्य रहेका पुनको उपचारका लागि आर्थिक रकम सहयोग गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]