default_image

4 years ago

August 19, 2021

विश्व जुनियर च्याम्पियनसिपमा अजितको औसत प्रदर्शन

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको नेरोवी शहरमा आयोजना भएको विश्व यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित कुमार यादवले औसतको प्रदर्शन गरेका छन् ।

फाइल तस्विर

पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले निर्धारित दुरी ९ मिनेट १५.२७ सकेन्डमा पूरा गरे । १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४औं स्थानमा रहे । अस्वस्थताका बावजुत उनी च्याम्पियनसिप खेल्न केन्या पुगेका थिए । उनले पछिल्लो समय दशरथ रंगशालामा प्रशिक्षण गर्न नपाएको गुनासोसमेत गरेका थिए । पर्याप्त तयारीविना उनले आफ्नो व्यक्तिगत समयमा सुधार गर्न असफल भएपनि यो उनको सिजनको उत्कृष्ट नतिजा हो । अजितसँगै प्रशिक्षककको रुपमा धनीराम चौधरी केन्या पुगेका थिए ।

तीन वर्षअघि हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा उनले ३ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यससमय उनले निर्धारित दुरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए । जुन उनको जुनियरमा समेत कीर्तिमान थियो ।

जुनियरमा पनि उनले विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमो ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेको आधारमा उनले विश्व जुनियर एथलेटिक्स च्याम्पियनसिपमा खेल्ने अवसर पाएका हुन् । अजितले यसै अगस्टमा भारतको पञ्जाबमा भएको १९औं यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) दौरान अस्वस्थ हुदा कमजोर प्रदर्शन गरेका थिए । पुरुष १५ सय मिटर दौड ४ मिनेट ३२ दशमलव ५५ सेकेन्डमा पूरा गरेका अजित १४ जनामध्ये १२औं स्थानमा रहेका थिए ।

यस स्पर्धामा इथियोपियाका टाडेसे वर्कुले ७ मिनेट ४२.०९ सकेन्डको समय निकाल्दै स्वर्ण जिते । ७ मिनेट ४४.५५ सकेन्डको समय सहित इथियोेपियाकै अली अब्दिलमानाले रजत र इरिट्रिया हबटम सामुएलले ७ मिनेट ५७.६९ सकेन्डको समयसहित कास्य पदक जिते ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.