default_image

4 years ago

August 21, 2021

समस्यामा परेकालाई वादोरियोको राहत

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ ।

संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो । सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका दौरान वितरण गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसमा संघका पदाधिकारीबाट ७५ हजार ५ सय र बाँकी रकम २ लाख ७४ हजार ५ सय वादोरियो कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका अध्यक्ष हरिशरण केसीले व्यक्तिगत रुपमा प्रायोजन गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक सहयोगमा कम्तीमा ५ हजारदेखि बढीमा ७० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अध्यक्ष केसीलगायतले सम्बन्धितलाई एक कार्यक्रमबीच राहत प्रदान गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.