4 years ago
August 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक २०२० लाइन जजको भुमिका निर्वाह गर्न ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्री उदय कुमार अर्याल शनिबार जापान प्रस्थान गरेका छन् ।

उनलाई शनिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठलगायतले यात्रा सफलताको शुभकामनासहित विदाई गरे ।
पारालिम्पिकमा पारा ब्याडमिन्टन पहिलोपटक समावेश गरिएको विधा हो । त्यसमा सहभागी हुने अर्याल पहिलो नेपाली बिडब्लुएफ लाइन जज हुनेछ । पारालिम्पिक औपचारिक रुपमा सुरुवात भएपनि पारालिम्पिक ब्याडमिन्टन १ देखि ५ सेप्टेम्वरसम्म सञ्चालन हुनेछ । ओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने अर्याल दोश्रो निर्णायक हुन् ।
यसअघि रियो ओलम्पिकमा ब्याडमिन्टन एशियाका अम्पायर दीपक थापाले लाईन जजको भूमिका निर्वाह गरि सकेका छन् । अर्यालले यस अघि पोल्याण्डको क्याटोविचमा सन् २०१९ मा आयोजना भएको बिश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङकङमा अप्रिल सन् २०१९ मा आयोजना भएको ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]