default_image

9 years ago

November 9, 2016

आज विश्व च्याम्पियन्शीपमा सहभागी हुने साम्बो टोली बुल्गेरिया जादै

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  नोभेम्बर १० देखि १४ तारिखसम्म हुने तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ ।

sambo-team-travels-to-bulgeria

प्रतियोगितामा समान १ पुरुष- १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष राजकुमार श्रेष्ठ रहेका छन् । नेपालले नियमित विश्व च्याम्पियनसिपमा सहभागिता जनाइरहेको फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायणप्रसाद पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.