4 years ago
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ ।

सोही अवसरमा नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जन, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले उनीहरुलाई सम्मान गरे ।
त्यसै अवसरमा तेक्वान्दो संघका उपाध्यक्ष महर्जनले व्यक्तिगत रुपमा पलेशालाई नगद १ लाखसहित सम्मान गर्ने प्रतिबद्धता जनाए । हालै सम्पन्न १०औं कोरियन एम्बासडर भर्चुअल राष्ट्रिय पुम्से प्रतियोगिताको आ–आफ्नो विधामा उत्कृष्ट घोषित काठमाडौंका खेलाडीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
ललितपुर र भक्तपुर जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु पनि सोही अवसरमा सम्मानति भए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]