default_image

4 years ago

September 13, 2021

नेपालले टस हार्यो

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी मैदान अल अमरेतमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपालले पपुवा न्युगिनीविरुद्ध पछिल्लो खेलबाट टोलीमा कुनैपनि परिवर्तन गरेको छैन ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा सानदार विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । अमेरिकाले नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँगको दुवै खेलमा सहज जित हात पारेको थियो । नेपालले पनि पिएनजीमाथि दुवै खेलमा जित निकालेको थियो । नेपाल र अमेरिकाबीच अन्तिम पटक २०२० फेब्रुअरीमा टियु मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले अन्तिम खेलमा अमेरिकालाई ओडिआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो ।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.